१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा भादौं ४ गते परेको नागपञ्चमीमा सार्वजनिक विदाको विषयमा ३ वटा विज्ञप्ती जारी गरिएको छ । एक दिने विदाका सन्दर्भमा आइतबार एकै दिन गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेका हुन् भने सोमबार भदौ ४ गते संयुक्त रुपमा थप अर्को विज्ञप्ती जारी गरेका छन् ।

Advertisement

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नागपञ्चीमीको अवसरमा सार्वजनिक विदाको घोषणा गर्दै विज्ञप्ती जारी गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक विदा नभएको भनि विज्ञप्ती जारी गरेका थिए । एउटै पालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको फरक-फरक आसयको विज्ञप्तीले अन्यौलमा परेको विषयलाई लिएर ग्लोबल आवाजले समाचार प्रकाशन गरेको थियो ।

उक्त समाचारपछि संयुक्त विज्ञप्तीमा भनिएको छ-‘प्रस्तुत विषयमा मिति २०८०।०५।०३ गते यस कार्यालयबाट जारी पहिलो सूचनामा स्थानीय सार्वजनिक बिदा दिने सम्बन्धमा कुनै निर्णय नभएको हुँदा सार्वजनिक बिदा नभएको भनी प्रमुख प्रशासकीय अधिकृत ज्यूबाट सूचना जारी गरिएको र पछी छिमेकी गाउँपालिकाहरुबाट समेत स्थानीय सार्वजनिक बिदा दिईएको साथै विभिन्न सरोकारवालाहरुबाट समेत विदा गर्न सुझाव समेत प्राप्त भएको हुनाले यस गाउँपालिकाबाट निर्णय गरी पुनः दोस्रो सुचना जारी गरी स्थानीय बिदा दिनुपर्ने अवस्था सृजना भएको हुनाले गाउँपालिका अध्यक्ष ज्यूबाट जारी गरिएको सूचना आधिकारीक भएको व्यहोरा जानकारी गराउँदछौ ।’

यसैगरी अघि देखिएको छ । ‘मिति २०८०र०५र०४ गते नागपञ्चमीको पावन अवसरमा सियारी गाउँपालिका भरीका सरकारी कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक विदा भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । साथै गाउँपालिकाबाट जारी पहिलो सूचना वेबसाइटर सामाजिक सञ्जालबाट हटाइएको भएता पनि सामाजिक सञ्जालमा दुबै सूचना राखि भ्रम सृजना गरिएको देखिएको हुनाले यसबाट सर्वसाधरण तथा सरोकारवालामा पर्न गएको दुविधा प्रति गाउँपालिका परिवार क्षमा चाहान्छौं ।

गाउँपालिका अध्यक्ष घिमिरेले आइतबार जारी गरेको विज्ञप्तीमा लेखिएको थियो –‘मिति २०८० साल भाद्र ४ गते सोमबार हिन्दु धर्मावलम्बीहरुको महान पर्व साउन शुक्ल पञ्चमी ९नागपञ्चमी व्रत० को पावन अवसरमा यस गाउँपालिका मातहतका वडा कार्यालयहरु आकस्मिक सेवा वाहेक ९स्वास्थ्य संस्था०, शैक्षिक संस्थाहरु एवं संघ संस्थाहरु लगायतका कार्यालयहरुमा सार्वजनिक विदा हुने भएको व्यहोरा अनुरोध छ ।’

सोही मितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तीमा लेखिएको थियो –‘भोली मिति २०८०र०५र०४ गतेका दिन नागपञ्चमी सार्वजनिक विदा नभएकोले सबै विद्यालयहरुले यथावत रुपमा पठनपाठनको कार्य सुचारु गर्नुहुन सबै विद्यालयका प्रधानाध्यापक ज्यूहरुलाई जानकारी गरिन्छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता