१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

न्यूयोर्क । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक भारतीय दम्पती र उनका ६ वर्षीय छोरा मृत फेला परेका छन् । श्रीमति र बच्चाको हत्या गरी श्रीमानले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ । 

Advertisement

प्रहरीले गत शनिबार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरुको शरीरमा गोलीको निशान रहेको जनाएको थियो । मृत्यु हुनेमा योगेश एच नागराजप्पा (३७), प्रतिभा वाई अमरनाथ (३७) र यश होन्नल (६०) रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र छोरा रहेको प्रहरीको अनुमान छ ।

बाल्टिमोर सन अखबारले बाल्टिमोर काउन्टी प्रहरीका प्रवक्ता एन्थोनी शेल्टनलाई उद्धृत गर्दै भने, ‘प्रारम्भिक अनुसन्धानले नागराजप्पाले दुई जनाको हत्या गरेपछि आत्महत्या गरेको देखाएको छ।’ शेल्टनले भने, ‘तीनजनाको हत्या भएको देखिन्छ। गोलीको चोटका कारण उनीहरुको मृत्यु हुनसक्छ।’

मंगलबार साँझ परिवारका सदस्यलाई अन्तिम पटक जीवित देखिएको भए पनि त्यसपछि उनीहरु नदेखिए पछि शनिवार साँझ प्रहरीले खानतलासी गरेको थियो । मृत्युको कारण भने प्रमुख चिकित्सा अधिकृतको कार्यालयले पोस्टमार्टम गरेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी एलेसजेव्स्कीले एक विज्ञप्तिमा भने, ‘यस डरलाग्दो कार्यमा निर्दोष पीडितहरूको क्षतिबाट म गहिरो चोट र दुःखी छु, यस दुखद घटना पछि परिवार र समुदायका सदस्यहरूलाई हामी सक्दो सहयोग गर्नेछौं।’

पीडितहरू वरपरका मानिसहरूबाट खतरामा नरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता