१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गरेको छुट्टाछुट्टै निर्णयले स्थानीय अन्यौलमा परेका छन् । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज सोमबार परेको नागपञ्चीमीको अवसरमा विज्ञप्ती जारी गर्दै सार्वजनिक विदा घोषणा गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक विदा नभएको भनि विज्ञप्ती जारी गरेका छन् ।

गाउँपालिका अध्यक्ष घिमिरेले आइतबार जारी गरेको विज्ञप्तीमा लेखिएको छ –‘मिति २०८० साल भाद्र ४ गते सोमबार हिन्दु धर्मावलम्बीहरुको महान पर्व साउन शुक्ल पञ्चमी (नागपञ्चमी व्रत) को पावन अवसरमा यस गाउँपालिका मातहतका वडा कार्यालयहरु आकस्मिक सेवा वाहेक (स्वास्थ्य संस्था), शैक्षिक संस्थाहरु एवं संघ संस्थाहरु लगायतका कार्यालयहरुमा सार्वजनिक विदा हुने भएको व्यहोरा अनुरोध छ ।’

सोही मितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने विदा नभएको कुरा विप्ती जारी गरी जानकारी गराएका छन् । उनले जारी गरेको विज्ञप्तीमा लेखिएको छ –‘भोली मिति २०८०/०५/०४ गतेका दिन नागपञ्चमी सार्वजनिक विदा नभएकोले सबै विद्यालयहरुले यथावत रुपमा पठनपाठनको कार्य सुचारु गर्नुहुन सबै विद्यालयका प्रधानाध्यापक ज्यूहरुलाई जानकारी गरिन्छ ।’

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर