१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । बुटवल योगिकुटीमा रहेको सिद्धार्थ बैंकले ‘मिरा ट्रस’लाई नगद हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले मिरा ट्रसले स्थापना गरेको मिरा कोषलाई नगद ५० हजार हस्तान्तरण गरेको हो । बैंकका योगिकुटी शाखाका प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, कर्जा अधिकृत दिपक कार्की र सिएसडी एलिसा भुजेलले कोषका अध्यक्ष हेमलाल शर्मा भुसाललाई नगद चेक हस्तान्तरण गरेका गरेका थिए ।

सो अवसरमा बोल्दै बैंकका शाखा प्रबन्धक लक्ष्मीप्रसाद ज्ञवालीले सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्चलाई कोषमा रकम प्रदान गरिएको र यो रकमबाट अति गरिव, जेहेन्दारहरुले लाभ लिन सक्ने बताए ।
कोषका अध्यक्ष हेमलाल शर्मा भुसालले कोषले सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रमा अप्ठयारा परेकाहरुलाई सहयोग गर्दै आएको भन्दै प्रत्येक वर्ष ४ लाख बढी रकम कोषबाट खर्च गरिने बताए । ०७८ सालमा स्थापना भएको ट्रसले प्राकृतिक प्रकोप, एकल महिला, बालबालिका, दुर्गम क्षेत्रका विद्यालयका जेहेन्दार विद्यालय, दिर्घ रोगीहरुलाई सहयोग गर्दै आएको छ । अध्यक्ष शर्माले ०७९ सालमा मात्र कोषबाट साढे ३ लाख बढि रकम सहयोग बापत खर्च गरिएको बताए ।

कोषबाट गत वर्ष गंगा आधारभुत विद्यालय गुल्मी चारपाला, दमकडा नमुना माध्यमिक विद्यालय पाल्पा, हाम्रो सगरमाथा आधारभुत विद्यालय तिलोत्तमा, रुरु गौशाला आश्रम, गणेशमान सैजु बृद्धा आश्रम बुटवललाई सहयोग गरिएको उनले बताए । कोषमा हाल १० लाख १४ हजार रुपैयाँ रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर