ताजा अपडेट »

श्रीमतीको हत्या आराेपमा एक पुरुष पक्राउ

शुक्रबार, ०१ भदौ २०८०, १४ : २५
28 Shares
शुक्रबार, ०१ भदौ २०८०
28 Shares

बर्दिया । आफ्नै श्रीमती ४० वर्षीया केस कुमारी विकको हत्या गरेको अभियोगमा बढैयाताल गाउँपालिका-१ सानोडाँफे बस्ने  ५१ वर्षीय कृपाल सुनारलाई  प्रहरीले पक्राउ गरेको छ । 

सुनारले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।