बुटवल । तिलोत्तमा नगरपालिकाले सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगर क्षेत्रभित्र सरसफाई तथा हरियाली प्रबद्र्धन गर्ने ४४ जना सरसफाईकर्मीहरुलाई विहीबार १/१ सेट रेनकोट तथा गम्बुट वितरण गरेका हुन् ।
रेनकोट तथा गम्बुट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरको सरसफाई र हरियाली प्रबद्र्धन गर्ने काममा सरसफाइकर्मीहरुको महत्वपूर्ण योगदान रहेको बताए । अहिले वर्षाको समयमा सरसफाईकर्मीहरुलाई सहज होस् भनेर रेनकोट र गम्बुट वितरण गरिएको बताए ।
प्रतिक्रिया