१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ ।
कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।

Advertisement

अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन । सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र तत्काल दर्ता नविकरण लगाएकका काम नभए कानुनी कर्वाहीमा अगाडि बढ्ने बताईन ।

पालिकाले वडा नम्बर ७ मा रहेको युनिक मेडिको फार्मा, अमुवा पोलि क्लिनिक, मेरिना मेडिको सेन्टर, र गुप्ता हेल्थ क्लिनिकको अनुगमन गरेको थियो । त्यसमध्ये युनिक मेडिको फार्माले नियम विपरित बिरामीको जाँच गर्ने गरेको तथा जथाभावि रुपमा फोहर फाल्ने गरेको हुदा फोहर व्यस्थापन गर्न सुझाव दिएर आएको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिए । उनले अनुगमन निरन्तर हुने भएकोले पहिलो पटक सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताए ।

स्वास्थ्य स्वास्था अनुगमनमा आएको थाह पाएपछि अमुवामा रहेको एलिशा मेडिको फार्मा सटर लगाएर हिडेको स्थानियले जनाएका छन् ।अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर