ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सोमबार, १५ साउन २०८०, १५ : १२
34 Shares

काठमाडौं। टोखा नगरपालिका-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका-९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँ सहित पक्राउ गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।