७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । संघीय संसदका तीन वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । साथै, , बिधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ । 

Advertisement

यसैबीच विपक्षीको विरोध र आफ्नै पार्टीका सांसदको असन्तुष्टि हुँदाहुँदै पनि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभाको अर्थ समितिको सभापतित्व गर्ने भएका छन् । बैठकको सभापतित्व ज्येष्ठ सदस्यका रुपमा चौधरीले गर्ने भएका हुन् । स्वार्थ बाझिने भएकाले चौधरीले समितिको सभापतित्व गर्ने मात्रै होइन, समितिमै बस्न पनि नमिल्ने भनेर विरोध हुँदै आएको छ ।

प्रतिनिधिसभाका समितिहरुको सभापति अहिलेसम्म पनि चयन हुन सकेको छैन । त्यसो हुँदा प्रतिनिधिसभा नियमावलीअनुसार समितिका ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्दै आएका छन् । अर्थ समितिमा सबैभन्दा ज्येष्ठ सदस्य दीपक बोहोरा हुन् । तर, स्वास्थ्य समस्याका कारण उनी बोल्न सक्दैनन् ।

समितिको दोस्रो ज्येष्ठ सदस्य विनोद चौधरी हुन् । तर, उनी लामो समयदेखि समितिको बैठकमा उपस्थित नहुँदा त्यसपछिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले समितिको सभापतित्व गर्दै आएका थिए । तर, २१ असारमा चालिसे अनुपस्थित हुँदा चौधरीले समितिको सभापतित्व गरेका थिए ।

प्रतिनिधिसभा नियमावली २०७९ मा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगरिने उल्लेख छ । नियमावलीको को नियम १७५ (२) मा भनिएको छ, ‘समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गरिने छैन ।’ अर्थ समितिको कार्यक्षेत्रमा अर्थ मन्त्रालय, लगानी बोर्ड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग छन् ।

चौधरीको बैंक तथा वित्तीय संस्थामा ठूलो लगानी रहेको र ती विषय समितिको कार्यक्षेत्र पर्ने भएकाले त्यहाँ उनको स्वार्थ बाझिने विरोधीहरुको भनाइ छ । कांग्रेसकै एक वरिष्ठ नेताले पनि समितिमा चौधरीको स्वार्थ बाझिने बताए । ‘उहाँ ठूलो व्यापारी हुनुहुन्छ, त्यसो हुँदा सभापतित्व गर्न मिल्दैन भनेर समितिमा आवाज पनि उठेको छ । तर, पनि उहाँले सोमबारलाई बैठक बोलाउनुभएछ,’ ती नेताले नाम उल्लेख नगर्ने शर्तमा भने ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल