ताजा अपडेट »

बुटवल-पाल्पा सडक एकतर्फी रुपमा खुल्यो (फोटोफिचर)

आइतबार, १४ साउन २०८०, १३ : २१
24 Shares

बुटवल । गयरातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ। झण्डै १३ घण्टापछि एकतर्फी खुलेको हो।

तानसेन(बुटवल सडकखण्डको तिनाउ गाउँपालिका ३ स्थित सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

पहिरो गए राति करिब १० बजे खसेको हो। आइतबार बिहान साढे ११ बजे राजमार्ग एकतर्फी रूपमा सुचारु भएको छ। दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।