Sep 22, 2023
बुटवल । जबरजस्ती करणी गरी करणीको भिडियो बनाई भाइरल गर्दिन्छु भन्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका वडा नं. ९ बस्ने बर्ष २४ को आशिष सुनारले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सुनारले बैशाख ५ गते बिहान पाल्पा तानसेन नगरपालिका वडा नं. ३ भगवतीटोल स्थित एक होटलमा रुपन्देहीकै २५ वर्षीय महिलालाई करकापमा पारी डर त्रास देखाई जबरजस्ती करणी गरी करणी गरेको भिडियो बनाई पटक– पटक फोन तथा म्यासेज गरी डर त्रास देखाई भेटन नआए भिडियो भाइरल गर्ने धम्की दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।
साउन ९ गते बिहान आशिष सुनारले पिडितलाई फोन गरी जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका वडा नं. ११ माझगाउँ स्थितमा बोलाई सोही स्थानमा रहेको सानदार होटलमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित जाहेरी दिएसँगै पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई ईलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरी आशिष सुनारलाई रुपन्देहीको बुटवलबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस्