ताजा अपडेट »

बिना दर्ताका उद्योग सञ्चालन नगर्न रुपन्देही उद्योग संघको ध्यानाकर्षण

शुक्रबार, १२ साउन २०८०, १४ : २७
18 Shares
शुक्रबार, १२ साउन २०८०
18 Shares

बुटवल । बुटवल आसपास तथा रुपन्देही जिल्लाका विभिन्न बजार क्षेत्रमा व्यापक रुपमा बिना दर्ता घुमन्ते टोली बनाई घर तथा पसलमा पुगेर फर्निचर उद्योगहरु संचालन भइरहेको भन्दै रुपन्देही उद्योग संघले त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ । ‘कानुनी दायरा भन्दा बाहिर रही समूह समेत खडा गरी औद्योगिक गतिविधि संचालन गर्नाले नियम संगत संचालित उद्योगहरु प्रभावित बनेका छन् भने देशको राजस्व संकलनमा समेत प्रभाव परेको छ ।’–संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनेको छ ।

कानून विपरित कुनै पनि औद्योगिक कार्य नगर्न र बिना दर्ताका कामदारहलाई प्रोत्साहित संघले उपभोक्ताहरुलाई समेत आग्रह गरेको छ । संघका अध्यक्ष माधवप्रसाद पौडेल तथा महासचिव हरिबहादुर खत्रीले विज्ञप्ती जारी गर्दै बिना दर्ता संचालित उद्योग व्यवसायलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।