ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै

आइतबार, २४ असार २०८०, १४ : २१
16 Shares
आइतबार, २४ असार २०८०
16 Shares

काठमाडौं  । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोेमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ । 

प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको  जनाएको हो । 

वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियोकहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ । 

उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठी तथा संगठित अपराध असुरमा मुद्दा चलाइएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।