ताजा अपडेट »

मणिमुकुन्दले अतिरञ्जित प्रचारमा होइन उत्कृष्ट नतिजामा विश्वास गर्छ : प्राचार्य क्षेत्री

शनिबार, २३ असार २०८०, १६ : ०५
24 Shares

बुटवल । शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बुटवलको मणिमुकुन्द कलेजले अन्य शैक्षिक संस्थाभन्दा फरक धारणामा आफ्नौ शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । क्याम्पसका प्राचार्य टुकबहादुर क्षेत्रीका अनुसार अतिरञ्जिच प्रचारबाजी भन्दा पनि प्राप्त गरेका नतिजा र आगामी शैक्षिक योजनाले नै विद्यार्थी आकर्षण गर्न सफल भएको छ । व्यवस्थापन तथा विज्ञान संकायमा अध्यापक गराउने क्याम्पसले कक्षा ११ र १२ को नयाँ शैक्षिकसत्र सञ्चालनको तयारीसँगै हालसम्म गरेका शैक्षिक प्रगतिहरु सार्वजनिक गरेको छ ।

मणिमुकुन्दमा अध्ययन गरि उच्च शिक्षामा रहेका आशिष यादवले २०७९ सालको एमबीबीएस छात्रवृत्ती प्रवेश परीक्षामा नेपालकै छैटौं स्थानमा नाम निकाल्न सफल भएका छन् भने अन्य ४ जनाले उक्त परीक्षामा नाम निकाल्न फल भएका छन्। यसैगरी बीई छात्रवृत्ती प्रवेश परीक्षामा १० जना, अन्य मेडिकल कोर्षमा १३ जना, एप्लाइड साइन्समा ५ तथा सिएका लागि ३ जनाले नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ । प्राचार्य क्षेत्रीले यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले व्यवसायिक जीवनमा समेत सफल भएका उदाहरण पेश गरेका छन् । विद्यालमा अध्ययन गरेका वीर बहादुर खत्री टिकटक कम्पनीको प्रोग्रामिङ इन्जिनीयर भएर काम गरिरहेका छन् भने विशाल गौतम गुगल कम्पनीमा इन्जिनीयरका रुपमा रहेका छन् । यही विद्यालयमा अध्ययन गरेकी ज्योती केसी नेपालकै प्रथम एनालग अन्तरीक्ष यात्री हुन् ।

यसबाहेक विभिन्न शैक्षिक सत्रहरुमा मणिमुकन्दबाट अध्ययन गरेका विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने छात्रावृत्तिको परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको क्याम्पसका विज्ञान संकाय संयोजक लक्ष्मण गैरेले बताए । विद्यार्थीको संख्याभन्दा पनि उनीहरुले प्राप्त गर्ने शैक्षिक प्रगतिमा केन्द्रित भएर शिक्षा प्रदान गर्दै आएको उनले दाबी गरे । विद्यालयले कक्षा ११ र १२ मा नयाँ शैक्षिक सत्रका लागि पनि सोही मान्यतालाई आत्मसाथ गर्दै व्यवस्थापनतर्फ विहानी र दिवा गरी ३ सय जना तथा विज्ञान संकायमा पनि विहानी र दिवा कक्षाका लागि ३ सय जना मात्रै विद्यार्थीलाई भर्ना लिइने बताए ।

खेलकूदको क्षेत्रमा समेत विभिन्न समयमा हासिल गरेका उपलब्धिहरु बारे जानकारी गराउँदे क्याम्पसका व्यवस्थापन संकायका संयोजक पशुपति चौधरीले यस क्षेत्रमा फरक परिचय बनाउन सफल भएको दाबी गरे । नेपालमा विभागीय टिमपछि उत्कृष्ट मानिएको मणिमुकुन्द भलिबल क्लब स्थापनमा समेत मुख्य हात रहेको कलेजले विद्यार्थीको क्षमता अनुसारका खेल गतिविधिहरु सञ्चालन गर्दै आएको उनले उल्लेख गरे । विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउँदै गर्दा उनीहरुले सीप समेत हासिल गरेर आत्मनिर्भर बन्न सक्नुपर्ने मान्यतासाथ शैक्षिक कार्यक्रमहरु तय गरिएको विद्यालयका बिबिएस तर्फका संयोजक निदेश पाण्डेले बताए ।

क्याम्पसले नयाँ शैक्षिकसत्रका लागि कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई असार २६ गते प्रवेश परीक्षा सञ्चालन गरिने बताउँदै उनले उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छुटको समेत व्यवस्था गरिएको उल्लेख गरे । यसैगरी मुलुकका कुनै पनि शैक्षिक संस्थामा अध्यापक गराउने शिक्षक शिक्षिकाका छोराछोरीलाई अनिवार्य छुटको व्यवस्था गरिएको पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।