ताजा अपडेट »

बुटवलबाट सम्पर्कविहिन धर्मेन्द्र ५ दिनमा भेटिए

शुक्रबार, ०१ असार २०८०, ०९ : ११
10 Shares

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान सम्पर्कविहिन भएको ५ दिनमा फेला परेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारदेखि प्रधान सम्पर्कविहिन भएका थिए ।

धर्मेनद्र विहिबार भैरहवाको लायन्स आँखा अस्पताल नजिकैबाट फेला परेका हुन् । ज्योतिनगर स्थित आफ्नी बहिनीका घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको समयदेखि हराएका उनलाई खोजिका लागि परिवारको अपिलपछि विभिन्न सञ्चारमाध्येममा समाचार प्रकाशित भएको थियो । सोही समाचारलाई आधार मानेर लायन्स आँखा अस्पताल नजिकै रहेको एक होटल सञ्चालककले धर्मेन्द्रलाई फेला पारेपछि परिवारलाई फोन गरी जिम्मा लगाएका थिए । उनलाई फेला पारेपछि उनका भाई राजेन्द्र प्रधानले फेला पार्न सहयोग गर्ने सञ्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

https://www.globalaawaj.com/archives/244134
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।