ताजा अपडेट »

होराइजन उत्सवमा हाजिरीजवाफको उपाधि बि स्क्वायरलाई

विहीबार, ३२ जेठ २०८०, ०८ : २०
6 Shares

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस बोर्डिङ सेकेन्डरी स्कूल बुटवलद्वारा सञ्चालित न्यू होराइजन फेस्ट अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५१ टिम सहभागी प्रतियोगितामा बि स्क्वायरले उपाधि चुमेको छ । त्यस्तै द्वीतीय स्कलर्स कम्प्युटर इमिलिया र टिम चोजर तृतीय हुन सफल भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । विजेता टिमले क्रमस १५ हजार, १० हजार ५ हजार पुरस्कार प्राप्त गरे ।

विजेता टिमलाई प्रमुख अतिथि अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पुरस्कार र प्रमाणपत्र वितरण गरे । सो अवसरमा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, कार्यक्रम संयोजक प्रकाश पन्थ लगायतले बोल्दै विद्यार्थीहरुका लागि पढाईसँगै खेलकूद पनि आवश्यक रहेको बताएका थिए ।
विद्यालयले क्रिकेट, फूटसल र हाजिरीजवाफ प्रतियोगिता गरिसकेको छ । असार १ गतेसम्म विद्यालयले विभिन्न ५ वटा इभेन्ट सम्पन्न गर्नेछ । देशकै प्रतिष्ठित शैक्षिक संस्था होराइजनले विद्यार्थीको खेल प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यले समय समयमा यस्ता प्रतियोगिताहरु गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।