ताजा अपडेट »

नेसनल माइक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा

बुधबार, ३१ जेठ २०८०, १२ : ३३
16 Shares

काठमाडौ । नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । 

अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको १५ वैशाखमा  सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थिबयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।