६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । रुपन्देहीमा एकल लोक गीत प्रतियोगिताको लाइभ अडिसन मँगलबार सम्पन्न भएको छ । बुटवलमा भएको लाइभ अडिसनबाट मधु परियार र सन्देब चेपाङ अघिल्लो चरणका लागि प्रवेश गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको प्रतियोगितामा लुम्बिनीका ११ जिल्लाबाट प्रतिस्पर्धीहरु छनोट हुने भएका छन् ।

Advertisement

रुपन्देहीमा भएको लाइभ अडिसनमा २२ जना प्रतिस्पर्धी सहभागी भएको प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटाले जानकारी दिए । डिजिटल अडिसनबाट छनोटभइ आएका २२ प्रतिस्पर्धीलाई लाइभ अडिसन गराइएको रुपन्देहीका लागि छनोट समितिका संयोजक कल्पना कुशुमले जानकारी दिइन । लाइभ अडिसनमा जुरीको रुपमा डिल्ली नारायण पाण्डे, प्रचण्ड जिसी र दामोदर बस्यालले भूमिका निरवाह गरेको उनले बताइन ।

५१ हजार रुपैयाँ नगद पुरस्कार राशीसहितको गायन प्रतियोगिताका लागि ७ जिल्लामा लाइभ अडिसन सम्पन्न भएको प्रतिष्ठान लुम्बिनी प्रदेशका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण विपी परियारले बताए । कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया, बाँके, दाङ र रुपन्देहीमा लाइभ अडिसन सम्पन्न भएको हो । अर्घाखाँची, प्यूठान, रोल्पा र नवलपरासीमा अडिसन बाँकी रहेको छ । प्रत्येक जिल्लाबाट उत्कृष्ट २ जनालाई जनोट गरि ग्राण्ड फिनालीमा सहभागी गराइने कार्यक्रम संयोजक नारायण विपीले बताए ।

प्रतियोगितामा द्वतीय हुनेले ३१ हजार १११ र तृतीय हुनेले २१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । ११ जिल्लाबाट २२ जना प्रतिस्पर्धीहरु बीच हुने ग्राण्ड फिनाली असार ७ गते बुटवलमा आयोजना हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट