१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

रोम । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए ।

Advertisement

बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका ब्यक्ति हुन । उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि ् सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए । सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । 

सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत हुन । उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिकसमेत रहेका थिए । 

हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ। इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए।

इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो । 
 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली