११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

भैरहवा । विकास निर्माणका काम दीर्घकालिन हुने गरी योजना बनाउन ओमसतियावासीहरुले गाउंपालिकालाई सुझाव दिएका छन् । ओमसतियाको शान, सुन्दर शान्त समृद्ध गाउंपालिकाहाम्रो अभियान भन्ने नारा सहित सोमबार पालिका परिसरमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण सम्बन्धी सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल कार्यक्रममा आ-आफ्ना भनाई राख्दै पालिकाका विभिन्न वडावासीहरुले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गनुपर्ने सुझाव दिएका छन् ।

Advertisement

पालिकामा रहेको सार्वजनिक जमिनको संरक्षण गर्नुपर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज बनाउनु पर्ने, पालिका भित्र संचालनमा रहेका विभिन्न उद्योगहरुमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव पेश गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।
बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरिएको कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधारसंगै अनलाईन शिक्षाका लागि स्मार्टकोट खरीद गरि दिनु पर्ने, सामान खरीद गर्दा प्रधानाध्यापकलाई सहभागी बनाउनु पर्ने, शिक्षकको पोशाकदेखि मोवाईल सम्मका सुविधा पालिकाले उपलब्ध गराउनु पर्ने शिक्षकहरुले माग गरेका छन् ।

यस्तै पालिकाले दिँदै आएको उपचार खर्चको सट्टा गाउंमै २५ शैयाको अस्पताल निर्माण गरी सबै गाउंवासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि स्थानीयले सुझाव दिएका छन् । खुल्ला सीमा नाका नजिक रहेको पालिकामा लागु औषध दुर्व्यसनीमा परेका युवायुवतीलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै सुधार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गर्न उनीहरुको सुझाव छ । बजेटमा महिला, वालवालिका, अपांगता भएका समुह, युवा, जेष्ठ नागरिक सबैलाई समेट्ने गरी वजेट ल्याउन गाउंवासीहरुले सुझाव दिएको पालिकाका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए ।

जनताको भावना समेटेर आगामी बजेट बनाउने उनले प्रतिवद्धता जनाए । महिला तथा वालबालिकालाई समेट्ने गरेर बजेट ल्याईने पालिकाका उपाध्यक्ष सुनिता चौधरीले बताईन । कार्यक्रममा पालिकाका विभिन्न संघसंस्था, स्थानीय क्लब, समुहका प्रतिनिधिहरुको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीको निष्कर्ष– देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध जनताका मुद्दामा ध्यान दिन्छौँ, सडक तताउँदैनौँ : रवि लामिछाने कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन