७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । रूपन्देहीको वनवाटिकाभित्र रहेको जुरासिक पार्कमा अवलोकनकर्ताको चहलपहल बढ्दो छ । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को मुखैमा रहेको सो पार्कमा अन्य दिनको तुलनामा शनिबार चहलपहल बढ्ने गरेको हो । तिलोत्तमा नगरपालिकाको वाड नम्बर १ र २ मा पर्ने यस वाटिकामा शनिबारको दिन करिब २ हजार जना अवलोकनकर्ता वनवाटिकामा आउने गरेको वाटिका उपाध्यक्ष खिमलाल पाण्डेले बताए । शनिबार बाहेक अन्य दिनमा पनि करिब १ हजारको संख्यामा विभिन्न ठाउँबाट यहाँ आउने गरेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।

Advertisement

यस पार्कभित्र डाइनोसर , बाघ , हात्ती , जिराफ , उँट , गैँडा , वनमान्छे , पाटेघोँडा जस्ता आकर्षक जनावर ९डमी० रहेका छन् । साथै यहाँ आकर्षक बगैंचा पनि छ , जसले गर्दा जुरासिक पार्क अझ मनमोहक बनेको छ ।

वाटिकाकै आन्तरिक स्रोत रू तीस लाखको लागतमा सो पार्क निर्माण गरिएको अध्यक्ष बेलप्रसाद शर्माले बताए । गत वर्षबाट सुरू भएको जुरासिक पार्क करिब तीन कट्ठा क्षेत्रफलमा फैलिएको छ । वनवाटिकाको मुखैमा रहेको यस पार्कमा घुम्न आएकाहरू फोटो खिच्न , टिकटक बनाउन रूचाउँछन् । बच्चादेखि वृद्ध(वृद्धाहरू यहाँ आएर रमाउने गरेको अध्यक्ष शर्माको भनाइ छ । साथै यसको नजिकै बहुउद्देश्यीय भ्यु टावर पनि रहेकाले यो पार्कमा अझ मानिसहरूको आकर्षण बढेको वाटिकका सचिव फर्सुराम भण्डारीले बताए ।

करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएको पुष्पलाल पार्कभित्र रहेको यो पार्क छायाँदत्त पार्कको पर्याय हो । २०७१ सालमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफ्नो बुवा छायाँदत्त घिमिरेको स्मृतिमा निर्माण गरेका हुन् । गतवर्षबाट यो जुरासिक पार्कको रूपमा अघि बढेको हो । यसले वाटिकाको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । यहाँ रूपन्देहीभित्रका साथै विभिन्न छिमेकी जिल्लाबाट पनि हेर्न र घुम्न आउने सचिव भण्डारीले बताए ।

जुरासिक पार्कमा भेटिएकी सैनामैना नगरपालिका ३ मुर्गियाकी यमुना थापा मगर परिवारसँग घुम्न आएको बताइन् । यहाँ धेरै रमाइलोको अनुभूति भएको बताइन् । त्यस्तै बुटवल उपमहानगरपालिकाकि कोपिला र कृष्ण गिरी पनि जुरासिक पार्कमा घुम्न आएको बताए । पहिले पनि आएको तर वाटिका फेरि धेरै आकर्षक बनेको छ भन्ने सुनेका कारण उनीहरू यहाँ आएको बताए ।

समग्र वनवाटिकाको लागि विष्णु पौडेल अर्थ मन्त्री हुँदा संघीय सरकारबाट रू ४ लाख ५५ हजार बजेट परेको तर हालसम्म सबै रकम प्राप्त नभएको सचिव भण्डारीले जानकारी दिए । साथै तिलोत्तमा नगरपालिकाबाट २ करोड ४५ लाख रकम प्राप्त भएको उनले बताए ।

तिलोत्तमा नगरपालिका वाड नम्बर १ र २ अन्तर्गतको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको ५७६ हेक्टर क्षेत्रफलमध्ये यसले ५१।३४ क्षेत्रफल वनवाटिकाले ओगटेको छ । २०६२ सालमा शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उमानाथ कंडेलको पहल र सकृयतामा सुरू भएको यस वाटिका सुरूवात भन्दा आकाश जमिनको भिन्नता छ ।

शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनवाटिका काममा हाल धेरै चिज मुख्य आकर्षणका रूपमा रहेका छन् । गतवर्ष मात्रै नेपाल सरकारले मुलुकभरका सय पर्यटकीय क्षेत्रमध्ये यसलाई पनि समावेश गरेसँगै संघीय सरकारले पनि थप लगानी गर्ने यहाँका नागरिकको अपेक्षा छ ।

जंगली जनावर र चराचुरूङ्गी गरी हाल विभिन्न २१ प्रजातिका जनावरहरू यहाँ रहेका छन् । यस मनोरञ्जनात्मक वाटिकामा गत चैत्र महिनामा मात्रै आकर्षक बहुउद्देश्यीय भ्यू टावरको उदघाटन भएको छ । यसले पनि वनवाटिकालाई थप आकर्षक प्रदान गरेको छ । यहाँ रेल, शहीद पार्क, पुष्पलाल पार्क विपि पार्कजस्ता छ वटा पार्क, चिल्ड्रेन पार्क रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल