ताजा अपडेट »

इडिएफ एड्मिसन्सको शाखा बुटवलको मिलनचोकमा

सोमबार, २९ जेठ २०८०, १४ : २१
92 Shares

बुटवल । इडिएफ एड्मिसन्सको शाखा बुटवलमा सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनको लागि अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चोहेका विद्यार्थीलाई तयारी कक्षा, परामर्श तथा सहजिकरण गर्नेगरी बुटवलमा शाखा कार्यालय सञ्चालन गरिएको इडिएफ एड्मिसन्स बुटवल शाखाका प्रवन्ध निर्देशक विनोद घिमिरेले जानकारी दिए ।

अमेरिकन इन्टरनेशनल रिक्रयुटमेन्ट काउन्सिल (ए.आई.आर.सी.)बाट मान्यता प्राप्त एजुकेशन कन्सल्टेन्सी इडिएफ एड्मिसन्सले वैदेशिक शिक्षामा विषेश गरी अमेरिका, क्यानडा, अष्ट्रेलिया र युके जान चाहने विद्यार्थीलाई विगत १५ वर्षदेखि काठमाण्डौबाट परामर्श, तयारी कक्षा तथा सहजीकरण गर्दै आएको छ ।

जसको दोस्रो शाखा बुटवलको मिलनचोकमा सञ्चालन गरिएको हो । शाखा उद्घाटनको अवसरमा जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा इडिएफ एड्मिसन्सले जम्बुरीले तयार गरेको पाठ्यक्रमको आधारमा अंग्रेजी भाषा कक्षा सञ्चालन गर्दै आएको र जुन पाठ्यक्रम विश्वका ४० बढी देशमा अंग्रेजी भाषाका आई.ई.एल.टि.एस., जि.आर.आई., जि–एम.ए.टी., एस.ए.टी., का कक्षा सञ्चालन भईरहेको इडिएफ एड्मिसन्सका सिनियर काउन्सिलर गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार बुटवल शाखामा पनि सोही अनुसारका कक्षा सञ्चालन हुनेछन् ।

इडिएफ एड्मिसन्सले अमेरिका, क्यानडा, अष्ट्रेलिया र युकेका २ सय भन्दा धैरै कलेज तथा विश्वविद्यालयसंग सहकार्य रहेको र यस क्षेत्रबाट ती देशमा अध्ययनमा जान चाहने विद्यार्थीलाई नजिकबाट सेवा प्रदान गर्न शाखा कार्यालय स्थापना गरिएको निर्देशक प्रकाश पोखरेलले बताए । त्यसमा पनि युएसलाई बढी फोकस गरिएको छ ।

बुटवल शाखा उद्घाटनको अवसरमा ओपनिङ विकमा आईईएलटिस र पिटिई पठनपाठनमा ५० प्रतिशत छुट गरिएको छ । त्यस्तै विद्यार्थीको सहजताका लागि आफ्नै लाईवेरी सञ्चालन गरिने र विद्यार्थीहरुले क्लास सकिए पछि लाईवेरीमा अध्ययन गर्न सक्ने निर्देशक पोखरेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।