११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । सिजन मिडियाले प्रदान गर्ने ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२ ’ अवार्ड बुटवलका कृष्ण चौहान क्षेत्रीले पनि पाउने भएका छन् । सिजन मिडियाले आफ्नो स्थापनाको १४ वर्ष भएको अवसरमा देश तथा विदेशमा रहेर सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका १४ जना प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि अवार्ड दिन लागेको हो । सिजन मिडियाले शुक्रबार १४ जना समाजसेवीको नाम सार्वजनीक गरेको थियो ।

जसमा लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय बुटवलका कृष्ण चौहान क्षेत्री छनौट भएका हुन् । चौहान नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव हुन् । यस्तै चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी लायन अमित कुमार शर्मा, काठमाडौंका वरिष्ठ फोटोपत्रकार, गीतकार तथा समाजसेवी हरिगोपाल प्रधान, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, स्नेहा पोखरेल स्नेही काखकी सन्चालीका, अन्नपूर्ण आत्मनिर्भर बालाश्रम पोखराकी सञ्चालक शारदा बस्नेतलाई पनि अवार्ड दिइँदैछ।

त्यसैगरी गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मीसहितलाई तेस्रो संस्करणको ‘नेशनल सोशल वेलफेयर अवार्ड २०२२’ दिन लागिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । चौहानसहित १४ जनालाई नै आज काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा हुने एक कार्यक्रममा अवार्ड प्रदान गरिदैँ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा