७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वाेच्च अदालतमा दर्ता भएको छ । 

Advertisement

पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको हो । गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आइतबार रिट दर्ता गरिएको निवेदक विष्टले जानकारी दिए ।

नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरेर युद्धअपराध गरेको दाबी गर्दै रिट निवेदनमा प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै प्रधानमन्त्रीबाट प्रचण्डलाई निलम्बन गरिनुपर्ने माग गरिएको छ । 

आइतबार दर्ता भएको उक्त रिटमाथि मंगलबार सुनुवाइको मिति तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’