६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

लखनउ । लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ ।पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय मिडिया अमर उजालले सो गोली काण्डमा पक्राउ परेका बिजय यादव सो नेपाल आएको र त्यही डिल गरेर फर्के पछि अदालतमा गोली हानेको जनाएको छ । 

Advertisement

सो मिडियाका अनुसार उनले नेपालमा ठूला माफियासँग सम्पर्कमा रहे,  जुन कुरा यादवले भारतीय प्रहरीलाई बताएका छन् । नेपालका एक व्यक्तिले उनलाई जीवाको फोटो देखाएर मार्ने ठेक्का दिएको थियो, जुन ठेक्काका लागि भारतीय २० लाख रुपैयाँमा सम्झौता भएको थियो । जसका लागि सुरुमा पाँच हजार रुपैयाँ र रिभल्भर मात्र दिएर जीवालाई मार्न पठाए । 

जानकारीका अनुसार सञ्जीवलाई गोली हानेर हत्या गर्ने शुटर विजयले नेपालका माफिया र हालै मारिएका अतिक अहमदका साथी अशरफसँग सम्पर्क राखेको जनाईएको छ । जसका लागि सो घटना हुनु अघि विजय केही दिनअघि नेपाल गएका थिए, उनको नेपालमा अशरफ भन्ने ब्यक्तिसँग भेट भएको थियो ।

अशरफले उनलाई आफ्नो भाइ आतिफ लखनउ जेलमा रहेको जनाउँदै जीवाले उनलाई डिस्टर्ब गरिरहेको जनाउँदै मार्नु पर्ने निष्कर्षमा पुगेको असरफले भनेका थिए । लखनउ पुगेपछि अशरफको विजयलाई उनका एक गोठालोको घरमा आश्रय दिएर रेकी गराए । प्रहरीको सोधपुछमा विजयले यी कुरा बताएका हुन् । प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

मुख्तार अन्सारीको एकदमै नजिकका कुख्यात अपराधी सञ्जीव महेश्वरी उर्फ ​​जीवा (५०) को बुधबार दिउँसो लखनउको एससीएसटी अदालतमा हत्या गरिएको थियो । वकिलको लुगा लगाएका आक्रमणकारीले अदालतको कोठामै रिभल्भरले ६ राउण्ड फायर गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ