६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको  मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन् । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन् । हेटौंडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए । 

Advertisement

अस्पतालमा उपचाररत बिरामीसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए । निरीक्षणपछि मन्त्री बस्नेतले देश भरिका अस्पतालले १० प्रतिशत सैय्या विपन्नका लागि छुट्याएर नि:शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए । देशका अधिकांश सरकारी अस्पतालले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृतिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समुन्वय नगरि नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए । उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारवाही गर्न आफू पछि नपर्ने दावी गरे । कार्यक्रममा हेटौंडा अस्पतालका निर्देशक सहित चिकित्सकले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारी गराएका थिए ।

त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरिक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका बिषयमा जानकारी लिएका छन् । सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका बिषयमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ