ताजा अपडेट »

पितृशोकमा परेका एकीकृत समाजवादीका महासचिव भुसाललाई भेटे प्रधानमन्त्री

विहीबार, २५ जेठ २०८०, १५ : ३७
36 Shares

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पितृशोकमा रहेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई भेटेका छन् ।

लुम्बिनी केवलकारको उद्घाटन गर्न आएका प्रधानमन्त्री प्रचण्डले केवलकार उद्घाटन गरेर फर्कने क्रममा पिताको निधनको शोकमा रहेका भुसाल र उनको परिवारलाई भेटेर समवेदना दिन प्रधानमन्त्री आज दिउँसो भैरहवास्थित भुसाल निवास पुगेका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले महासचिव भुसालका पिता जगन्नाथ भुसालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै त्यहाँ राखिएको मृतकको फोटोमा पुष्प चढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । ९७ वर्षीय जगन्नाथ भुसालको आइतबार निधन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।