ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा

विहीबार, २५ जेठ २०८०, १२ : ०५
36 Shares

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल-बसन्तपुर चल्ने लुम्बिनी केवलकारको विहिबार उद्घाटन गरेका छन् । बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन्।

यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज औपचारिक उद्घाटन भएको हो । उद्घाटनसँगै पधानमन्त्री प्रचण्ड केवलकार चढी उद्घाटन  समारोहलाइ सम्बोधन गर्न पाल्पाको तिनाउ-३ मा अवस्थित केवलकारको टप स्टेशन बसन्तपुर डाँडामा पुगेका छन् । आईएमई समुहको मुख्य लगानी रहेको केवलकार पाल्पाको तिनाउ गाउँपालिकास्थित वसन्तपुरसम्म करिब ३ किलोमिटर दूरीको छ । केवलकारमा २४ वटा गोन्डुला रहेका छन् ।

वसन्तपुरमा केवलकार संचालनमा आएसँगै बुटवलको पर्यटकीय गन्तव्य थप भएको छ । केवलकारले लुम्बिनी क्षेत्रका आन्तरिकदेखि भारतको गोखरपुर, लखनउसम्मका भारतीय पर्यटकलाई आकर्षित गर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।