ताजा अपडेट »

बुटवलमा घर फोडेर गरगहँना तथा नगद चोरी गर्ने दुई युवा पक्राउ

सोमबार, २२ जेठ २०८०, १८ : ३८
6 Shares

बुटवल । घर फोडेर सुनका गरगहँना तथा नगद चोरी गर्ने दुई युवालाई इलाका प्रहरीले बुटवलले आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा बुटवल–१७ रानीगञ्ज बस्ने २१ वर्षीय विजय परियार र सोही ठाउँका २२ वर्षीय सुरज घर्तीमगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार यही जेष्ठ १९ गते बुटवल उपमहानगरपालिका–१७ नानीगञ्जमा बस्ने गिता पाण्डेको घरको भित्ता फोडी उनीहरुले सुनका बाला, चन्द्रमा, झुम्का तथा नगद चोरी गरेका थिए । बुटवल–१७ रानीगंज स्थित पुलमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट चोरी भएको सुनका केही गरगहना र नगद २५ हजार रुपैया समेत फेला पारिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।