ताजा अपडेट »

छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड

आइतबार, २१ जेठ २०८०, १६ : २७
32 Shares
आइतबार, २१ जेठ २०८०
32 Shares

बुटवल । १८औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८० अवसरमा वुटवल देविनगर चौपारिमा जातीय छुवाछुत अन्त गर्न सन्देस मूलक सूचना वोड राखिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज वुटवल ११ वाड कमिटीको पहलमा वनाइएको सूचना वोटको अनावरण वुटवल ११ का वडा अध्यक्ष रामचन्द्र खनाल र नेकपा एमालेका केन्द्रिय सदस्य एकराज विश्वकर्माले संयुक्त रुपमा गरेका हुन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिदै विश्वकर्माले छुवाछूत अन्त गर्न र सामाजिक चेतना अभिवृद्धि गर्नको लागि यो सूचना वोडको महत्वपूर्ण भूमिका हुने वताए। अन्यायमा परेको दलित समुदायलाई न्याय दिन तीनै तहका सरकार सरोकार निकायलाई आग्रह पनि गरे। कानूनले छुवाछूत भेदभाव अन्त्य गरेको भएपनि हाम्रो समाजमा अझै पनि जातीय छुवाछुत जस्तो अपराध रहेको हुँदा दलित गैर दलित मिलेर यो प्रचलनलाई हटाउनु आजको आवश्यकता भएको वडा अध्यक्ष रामचन्द्र खनालले वताए ।

सोही अवसरमा जातीय छुवाछुत अन्त गर्न विभिन्न खाले अन्तरक्रिया कार्यक्रम गर्नको लागि आवश्यक पर्ने आर्थिक सहयोग वडाले उपलव्ध गराउने बताए । वुटवलको देविनगर क्षेत्रमा जातिय छुवाछुतका घटना भैरहेकाले चोक पारेर सूचना वोड राखिएको छ । यसले समाजमा जागरण ल्याउन सहयोग गर्ने वडा कमिटी अध्यक्ष अंमृत वेवारेले वताउनु भयो । परिवार सेवा समाजका अध्यक्ष लोक वहादुर नेपाली, रेवन्त गहतराज एमाले प्रदेस कमिटीको लेखा संयोजक, अर्जुन रसाली दलित संघको पूर्व अध्यक्ष, नेत्र राना र मनु खड्का।लगायतले मनतव्य राख्नु भएको थियो । कार्यक्रम कमिटीका सचिव सुनिल गौतमको संञ्चालन, स्वागत लिलाधर विक र वडा कमिटी अध्यक्ष अंमृत वेवारेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०६३ साल जेठ २१ गतेका दिन सरकाले मुलुकलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषण गरेको थियो । यसैको सम्झनामा २०६८ साल जेठ २१ गते देखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइन्छ । नेपालको संविधानले सवै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समातामूलक समाजको निमार्ण गर्ने संकल्प गरेको छ । संविधानको यो मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रुपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । तर समाजमा जातीय भेदभाव तथा छुवाछुत अझै पनि अन्त्य भएको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।