५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

भैरहवा । जनता समाजवादी पार्टी, नेपाल जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले जसपाको अगुवाइमा भएको संघर्ष र आन्दोलनले मुलुकमा परिवर्तन सम्भव भएको दावी गरेका छन् । उनले उत्पीडित समुदायको अधिकार प्राप्तीका लागि जसपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

Advertisement

जसपा रोहिणी गाउँपालिका कार्यसमिति, रुपन्देहीले शनिबार रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको पार्टीका कार्यकर्तासँग भेटघाट एवं समीक्षा कार्यक्रममा बोल्दै नेता यादवले विगतमा भएका आन्दोलन र संघर्षले नागरिकता विधेयक प्रमाणीकरण भएको र नागरिकले अधिकार पाएको बताए । उनले बुवा आमा नागरिक हुने तर तीनका सन्तान कसरी अनागरिक भन्दै प्रश्न गरे । उनले विभेदविरुद्ध जसपाले निरन्तर आवाज उठाउँदै आएको बताए ।उनले पार्टीमा फुटेर नभइ एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । फरक मतलाई पार्टी बाहिर नभइ पार्टीमै राख्नुपर्ने उनको भनाइ छ । जसपाको नेतृत्वमा रहेको रोहिणी गाउँपालिकाले गरेका कामहरुको बारेमा प्रचारप्रसार गरी जनतालाई बताउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा जसपाका संघीय परिषद सदस्य विद्या प्रसाद यादवले पाँच वर्षमा हुन नसकेका काम १ वर्षमा भएको बताए । उनले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा लागिपरेको बताए । उनले काम गर्ने क्रममा कहिलेकाही कमजोरी हुनु स्वभाविक भए पनि भ्रम फैलाउनु गलत भएको बताए । जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएका संघर्ष तथा आन्दोलनले मुलुकमा संघीयता स्थापना भएको बताए । उनले कतिपय पार्टीले संघीयता नस्वीकारेको बताए ।

जसपाका नेता कलामुद्दीन खानले पार्टीले लिएको लक्ष्य पूरा गर्नेतर्फ अघि बढ्नुपर्ने बताए । उनले संगठन विस्तार अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।जसपा युवा नेता शेषमणि यादवले पार्टीलाई मजबुत बनाउन लागिपरेको बताए । उनले पार्टी नियमविपरीत गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।कार्यक्रममा नेता मनोज कुमार यादव, जाहिर खान, विनय यादव, छोटेलाल अग्रहरी, कान्छा कोहार, चेतमान चौधरी, रमाशंकर यादव, जयप्रकाश हरिजन, राजधर हरिजनलगायतले लगायतले बोलेका थिए।

जसपा रोहिणी गाउँपालिका कार्यसमितिका अध्यक्ष एवं रोहिणी–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, रोहिणी गाउँपालिका–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीको स्वागत तथा गया प्रसाद वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ