१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । संस्थागत विद्यालयका शिक्षककालागि पाठ्यक्रम प्रबोधिकरण तथा बिज्ञान बिषयको प्रशिक्षण कार्यक्रम बुटवलमा शनिवार सम्पन्न भएको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोशियसन एन प्याब्सन रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एन प्याब्सनमा आवद्ध ५० विद्यालयका कक्षा १ देखि १० कक्षासम्म अध्यापन गराउने झन्डै तीनसय शिक्षकको सहभागिता रहेको एन प्याप्सन प्रदेश सहसचिव जेबी क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार कक्षा एकदेखी तीनसम्मका दुई सय शिक्षकका लागि पाठ्यक्रम प्रबोधिकरण बिषयमा र कक्षा ४ देखि १० सम्मका शिक्षकलागि बिज्ञान बिषयमा प्रशिक्षण दिईएको थियो । एन प्याब्सनका अध्यक्ष पुरुषोतम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गर्दै जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी तवरवाट गर्नु पर्ने काम सस्थागत विद्यालयका छाता संस्था एन प्याब्सनले गरेर आफुहरुलाई शैक्षिक बिकासमा सघाएको बताए । उनले विद्यार्थीमा पाठ्यपुस्तक अध्ययनमा सहजतासङै ब्यवहारिक सीप सिकाईमा तालिम फलदायी भएको बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण पौडेलले शिक्षकहरुमा पेषागत क्षमताको अभिबृद्धी तथा बिकासका लागि शिक्षण सिकाई तालिम उपयुक्त भएको बताए । नया पाठ्यक्रम अनुसारको शिक्षण सिकाई, प्रश्न पत्रको तयारी, बिषय शिक्षण र मुल्यांकन लगायतका बिषयमा शिक्षा मन्त्रालयका उपसचिव शंकर अधिकारी र पाठ्यक्रम बिज्ञ तथा ग्रीन पब्लिकेशन बिज्ञान बिषय सम्पादक जयानन्द कपाडीले प्रशिक्षण दिएको एन प्याब्सनका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । आउने साता कक्षा १ देखि १० सम्मका शिक्षककालागि सेरोफेरो, सामाजिक र गणित बिषयमा प्रशिक्षण दिइने बन्जाडेले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध