ताजा अपडेट »

लागु औषधसहित बुटवलबाट २ युवा प्रहरी नियन्त्रणमा

विहीबार, १८ जेठ २०८०, १८ : २४
4 Shares

बुटवल । लागु औषसहित ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल-३ ज्योतिनगरबाट २ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका तरुन राना र गुल्मीको रेसुङ्गा नगरपालिका-५ घर हाल बुटवल-३ मा कोठा भारा गरी बस्ने विष्णु कुंवर रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट पाँच सय मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी लागुऔषध ओसार पसारमा प्रयोग भएको इन्जिन नं DKYCKH51487 चेसिस नं MD2A13EY5KCH 92758 को लु ४६ प ४६६९ नम्बर प्लेटको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।