ताजा अपडेट »

नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम

विहीबार, १८ जेठ २०८०, १६ : ४७
28 Shares

काठमाडौ । बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्ला दिनको तुलनामा बिहीबार कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा बिहीबार हरियाली छाएको छ । सर्वाधिक निर्जीवन बिमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतल बढेको छ ।

सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।