१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् । बिहीबार दिउँसो हैदरवाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

Advertisement

 भेटवार्तासँगै हैदरवाद हाउसमै प्रचण्ड र मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी भए । उनीहरुको उपस्थितिमा केही विषयमा सम्झौतासमेत भएको छ । जसको पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले जानकारी दिए । 

उनीहरुका अनुसार सातवटा मुख्य सम्झौता भएका छन् । जसमा सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म ल्याउने रहेको छ । 

यसैगरी, नेपाल भारत पारवहन सम्झौता नवीकरण गरिएको छ भने ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।

तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी सम्झौता भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम(एसजेभीएन)ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने र डिजिटल पेमेन्ट गर्ने सम्झौता पनि भएको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर