१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटिले सडक डिभिजन कार्यालय बुटवलमा पुगेर योजनाहरुको कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न दबाब दिएको छ । बुटवल बजारको मुख्य सडक राजमार्ग चौराह–गोलपार्क सडकलाई छिटो सम्पन्न गर्न तथा निर्माणका क्रममा जनस्वास्थ्यलाई समेत ख्याल गरी सोही अनुसार व्यवस्था गर्न सुझाब प्रस्तुत गरेको छ ।

Advertisement

एमाले बुटवल कमिटीका प्रतिनिधि र सडक डिभिजन कार्यालय बुटवलका प्रतिनिधिहरु बीच विभिन्न योजनाहरुको बारेमा छलफल र कार्यान्वयका बारेमा सुझाब प्रस्तुत गरिएको एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले बताए । छलफलमा चौराह–गोलपार्क सडक सडक निर्माण अन्तरगत १ महिना भित्र दुबै तर्फको नाली निर्माण सम्पन्न गर्नुपर्ने, बीच सडकमा पीचको पहिलो लियर सोही अवधिमा सम्पन्न गरिसक्नु पर्ने, मुख्य सडकदेखि शाखा सडकसम्मको निकासको काम क्लियर गर्नुपर्ने लगायतको सहमती भएको छ । सडक निर्माण समयमै सम्पन्न नहुँदा आवागमनमा अफ्ट्यारो तथा खाल्डाखुल्डी र धुलो सडकका कारण व्याबसायीहरु बिस्थापित हुनुपरेको भन्दै उक्त समस्या समाधानका लागि निर्माणलाई छिरोछरिटो र धुवो उड्ने र खाल्डाखुल्डीका समस्यालाई तत्काल समाधान गर्न सहमती भएको अध्यक्ष ज्ञवालीले बताए ।

यसैगरी तिनाउ–दानव करिडोर अन्तरगत वर्षा लागि सकेकोले बुटवलको बस्ती एरिया जहाँ बाढिको जोखिम छ त्यहा अस्थायी संरचना निर्माण गरेर (इट्टाभट्टी एरिया देबिनगर एरिया बुद्धनगर एरिया रानिगंज ठोकर एरिया) बाढिको जोखिमलाई समाधान गर्ने, आयोजना अन्तर्गतको तटबन्धको कामलाई तिब्रता दिने सहमती भएको छ । खोलामा क्रसर उद्योग राखी नदिजन्य पदार्थको अपचलन गर्ने, हरिहर पुरको नदि उकास साइडबाट चोरी निकासी भएकोले त्यसलाइ तुरुन्तै रोक्न बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेकोले बुनपा र सिडियो कार्यालयलाई ध्यानाकर्षण गराउने बारेमा समेत छलफल भएको थियो ।

यस्तै मगरघाट पुल हात्ती सुड पुलमा पानी जम्ने समस्याले वर्षा याममा आवागमनमा असहज भएकोले त्यसको समाधानका लागि सम्बन्धित निकायलाई कानुनी दवाब सृजना गर्ने, अघिल्लो आर्थिक वर्स बजेट परेर काम सुरु भएका तर अहिले बजेट नहालेर अलपत्र परेका रुपन्देही जिल्ला का ३८ वटा सडक योजना कार्यान्वयनका लागि दबाब दिने सहमती भएको छ ।

बुटवलमा सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका सडक योजनाहरुमा समेत हेलचेक्राइ, गुणस्तरहिन, मापदण्ड बिपरित खन्ने लगायतका कामलाई अन्त्य गर्न एमालेले माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर