ताजा अपडेट »

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि पाल्पाको तिनाउमा सुझाब संकलन 

मंगलबार, १६ जेठ २०८०, ११ : १४
14 Shares

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे नीति, याेजना तथा कार्यक्रम निर्माणका लागि मँगलबार सुझाव संकलन गरेकाे छ । गाउँपालिकाभित्र रहेका राजनीति पार्टीका प्रतिनिधिहरु, पूर्वअध्यक्ष, उपाध्यक्ष, समाजसेवी, बुद्धिजीवीहरुले गाउँपालिकाले तयार पार्ने नीति, याेजना तथा कार्यक्रम जनमुखी र समाजवादाेन्मुख हुनुपर्नेमा जाेड दिएका छन् ।

तिनाउकाे भाैतिक, कृषि, पर्यटन र मानवीय क्षमता अभिवृद्धिमा पालिकाले जाेड दिनीहरुको सुझाब छ । प्राप्त सुझावहरुलाई आर्थिक वर्ष २०८०/०८१ का लागि तयार पारिने नीति, याेजना तथा कार्यक्रममा सक्दाे समावेश गरेर अघि बढ्ने तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । कार्यक्रमकाे ओैचित्यमाथि प्रमुख प्रशासकीय प्रमुख सुन्दरप्रसाद श्रेष्ठले प्रकाश पारेका थिए । पालिका उपाध्यक्ष लालबहादुर थापाले स्वागत र शाखा अधिकृत टेकप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।