१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

लुम्बिनी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटी बुटवलले आज एक कार्यक्रमका बीच आ.ब. ०७९/०८० को बार्षिक कार्ययोजनाको समीक्षा र आगामी आ.ब.०८०/०८१ को कार्य योजनाको बारेमा भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) का केन्द्रिय सचिव हरि बहादुर कार्कीले विविध बिषयमा मन्तव्य राख्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषका बारेमा प्रकाश पारे ।

भेलामा सवारी दुर्घटनामा परि मृत्यु भएका हरिष तिवारी र शोभा भण्डारीका परिवारलाई बिमा बापतको रु. एक लाख आर्थिक सहयोग र घाइते भई उपचार गराएका प्रेम बहादुर थापालाई रु बीस हजार र घाइते महेश पौडेललाई रु छ हजार उपचार खर्च बापतको रकम हस्तान्तरण गरिएको छ । साथै सोही भेलाले राम बहादुर थापा मगरको अध्यक्षता मा ९ सदस्यीय पश्चिम रुट इकाई कमिटीको पुर्नगठन गरेको छ ।

उक्त भेलामा संगठनका केन्द्रिय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरे, सहकारी बिभागका केन्द्रिय सदस्य नारायण प्रसाद भट्टराई, संगठनका केन्द्रिय सदस्य कृष्ण प्रसाद कंडेल लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता संगठनका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मोहन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव केशवराज पौडेलले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता