ताजा अपडेट »

अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने

आइतबार, १४ जेठ २०८०, १६ : ११
10 Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ । पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो ।

करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गर्दै पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले विपिको सपनालाई पूरा गर्न पाएकोमा आफु खुसी भएको तर्क गरे । पूर्व नेपाली कांग्रेसका संसदीय दलको सचेतक समेत रहेका उनले देश र जनताको लागी विपिले गरेको योगदान कसैले भुल्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारबाट क्षेत्रीकै पहलमा १० लाख बजेटमा उक्त भवन निर्माणका लागी बिनियोजन भएको थियो । भवन शिलान्यस कांग्रृेस नेतृ निर्मला श्रेत्री र नगरप्रमुख छबिलाल पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ , सचिब कृष्ण खनाल , वडा सभापति राम प्रसाद भुसाल , सचिव मुक्ती पौडेल , वडा अध्यक्ष चन्द्रमणी बेल्वासे ,सदस्य मिना परियार , दामोदर न्यौपाने पुर्ब पडाध्यक्ष कमल प्रसाद पौडेल , मिना पौडेल लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको पत्रकार अम्बिका बेल्बासे श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।