Sep 25, 2023
बुटवल । बुटवलमा एक जना आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् ।
फेला पर्नेमा बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरका ५२ वर्षीय रुक बहादुर बयम्बु रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनी शनिबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्