८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

बुटवल । रूपन्देहीको तिलाेत्तमा ८ मा युवामैत्री स्थानीय शासन सम्बन्धि सराेकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । तिलाेत्तमा नगरपालिकाकाे आयाेजनामा शुक्रबार साे अभिमुखीकरण सम्पन्न भएकाे हाे ।

Advertisement

कार्यक्रममा प्रशिक्षण दिँदै राष्ट्रिय युवा परिषद सदस्य तिलाेत्तम पाैडेलले मेहेनत र काम गर्ने मानिस नै युवा भएकाे बताए। पाैडेलले युवाभित्र खाेजकाे भावना हुनुपर्ने बताउँदै केही न केही परिवर्तनका लागि युवाले सुरूवात आफैबाट गर्नुपर्ने बताए । २०७८ काे जनगणनाअनुसार युवाकाे संख्या १ कराेड २४ लाख १२ हजार १ सय ७३ , ४२.५६ प्रतिशत युवाहरू रहेकाे उल्लेख गर्दै युवा शक्ति कुनै कुरामा पछि हट्न नहुने बताए ।

कार्यक्रममा अर्का प्रशिक्षक युएन डिपी कार्यकारी अधिकृत बिनिता कार्कीले युवाहरू विश्व मै दखल राख्न सक्ने शक्ति भएकाेे बताइन् । उनले अहिलेकाे समयमा युवाले हरेक क्षेत्रमा आफ्नाे हक अधिकारकाे लागि सामर्थ्य राख्न सक्नुपर्ने बताइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर अब युवाका लागि विशेष याेजनाका साथ अगाडि बढ्ने बताए । साथै युवाहरूले नै यसका लागि पहल र माग गर्न आवश्यक रहेकाे बताए ।

कार्यक्रममा अतिथिहरू , राष्ट्रिय युवा परिषद लुम्बिनी प्रदेश उपाध्यक्ष गाेविन्द केसी , शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम अाचार्य , सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरी , सामाजिक विकास शाखा प्रमुख शारदा भट्टराई , तिलाेत्तमा नगरपालिकाका जनप्रतिनिधिहरू , बाल सञ्जालका प्रतिनिधिहरू , नगरपालिका भित्र रहेका युवाहरूकाे उपस्थिति रहेकाे थियाे ।युवामैत्री स्थानीय शासनका लागि ४६ सूचक आवश्यक पर्दछ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर