५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

रियो दी जेनेरियो । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो ।

Advertisement

जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् । यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो । जुन बाकस सिमेन्टले ढाकिएको थियो । बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो ।

जेफरसनका पारिवारिक वकिल जाइरो मेगलहासले जेफरसनको दुवै हातलाई शिरको पछाडि बाँधेर ट्रङ्कमा बन्ध गरी घरको पछाडि गाडिएको अवस्थामा भेटिएको बताए । ‘उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशंका छ । उनको पहिचान फिंगरप्रिन्टले गरेका हौं’, वकिलले भनेका छन् । जेफरसनको परिवारले उनको हत्याको पछाडि उनको सफलताको जलन गर्नेले गरेको आरोप लगाएका छन् । ‘निश्चित रुपमा ऊ बेइमान मानिसको क्रूरताको शिकार भएको छ ।

यो बारेमा चाँडै नै खुलासा हुनेछ । आरजे टाउसिप प्रहरीले यो मामलामा निकै राम्रो काम गरेको छ’, परिवारले भनेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ