ताजा अपडेट »

लमजुङको सुन्दरबजारमा म्याराथुन दौड हुने

बुधबार, १० जेठ २०८०, ११ : २६
8 Shares

लमजुङ । लमजुङमा राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा अगामी २ असारमा सो प्रतियोगिता हुने भएको हो ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष योगबहादुर गुरुङ (कालु)ले २ असारमा  राष्ट्रव्यापी खुला दोस्रो मिनी म्याराथुन प्रतियोगिता हुने जानकारी दिएका  हुन्  । १५ किलो मिटरको मिनी म्याराथुन बेसीशहर नगरपालिकाको प्रबेशद्धारबाट सुरु भई, सुन्दबाजर नगरपालिका ८ अकला मन्दिर, बगैचा, सिउँडीबार, फेदीकुना, सुन्दरबजार कृषि क्यापस गेट, पाँउदी हुँदै फुलबारी, सिउँडीबारदेखि कृष्ण बगैचामा समापन हुनेछ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसै गरी द्वितीय पुरस्कार २५ हजार पाँच सय ५० रुपैयाँ मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद १५ हजार पाँच सय ५० मेडल प्रमाण पत्र रहेको छ । सान्त्वनालाई पुरस्कार १० हजार पाँच सय रुपैयाँ र सहभागी प्रत्येकलाई प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए। जिल्लामा खेल क्षेत्रको विकास तथा उत्कृष्ट खेलाडी उत्पादनका लागि संभावना धेरै भएपनि कार्यलयमा कर्मचारी नहुँदा तथा बजेट अभावका कारण पर्याप्त मात्रामा खेल गतिविधि सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितका अध्यक्ष गुरुङको भनाइ छ । 

उक्त प्रतियोगिताका लागि पुरस्कार सहित अनुमानित खर्च दुई लाख ४६ हजार ६ सय ५० रुपैयाँ छ । प्रतियोगितामा देशभरका जुनसुकै स्थानबाट पनि सहभागिता जनाउन पाइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।