१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

Advertisement

लमजुङ। मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेको पर्यटन प्रवर्द्धनमा आमा समूह र युवा क्लव एकजुट भएका छन् । २०७३ सालमा १० घरबाट होमस्टे सुरु भएको भुष्मेमा पर्यटक आगमन बढाउन उनीहरुले गाउँ सरसफाईदेखि जुवातासमुक्त गाउँ बनाउने निर्णय गरेका छन् ।  आमा समूह र युवा क्लवले गाउँमा पर्यटन प्रवर्द्धन गर्न आमा र युवा संगसंगै अघि बढ्ने निर्णय गरेको गाउँका अगुवा होमराज तामाङले बताए।

तामाङ भाषा, कला र संस्कृतिले धनी मानिएको भुष्मेमा ५५ घर छन् । गाउँलेले व्यावसायिक रुपमा तरकारी खेती समेत गर्दै आएका छन् । गाउँमा फलाएको अग्र्यानिक उपभोग्य खानालाई परिकार बनाएर गाउँमै खुवाउन स्थानीयले होमस्टे संचालन गरेका हुन् । होमस्टेलाई थप व्यवस्थित बनाउन गाउँको प्रचारप्रसार गर्ने, आमा समूह र युवा समूह एकजुट हुने, गाउँ सरसफाई गर्ने, गाउँलाई जुवातासमुक्त बनाउने निर्णय गरेको तामाङले बताए ।

मर्स्याङ्दी गाउँपालिका ८ का वडाअध्यक्ष स्थानीय धनसिंह तामाङको विषेश उपस्थितिमा आमा समूह र युवा क्लव पुनर्गठन समेत गरिएको छ । भुष्मेमा आमा समूह र युवा क्लव गठन गरेको करिब ३ दशक पुग्नै लागेको छ । गाउँको विकासमा एकजुट भएसंगै स्थानीयले गाउँमा सामुहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय होमस्टे समेत संचालनमा ल्याएको यो गाउँ तामाङ होमस्टे गाउँले चर्चित छ ।

समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाईको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ४५ मिनेटदेखि १ घण्टाको सवारी यात्रामा पुग्न सकिन्छ । बेंसीसहरबाट खुदी हुँदै भुलभुलेसम्मको ७ किलोमिटर र भुलभुलेबाट ७ किलोमिटर उकालो चढेपछि भुष्मे पुग्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली