Oct 2, 2023
रूपन्देही । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-७ भैसाघान बस्ने २० वर्षीय रियाज अहमद मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ ।
मुसलमानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्