७ आश्विन २०८०, आईतवार

Sep 24, 2023


मुगु । स्थानीय तह सञ्चालन भएको करिब ६ वर्षपछि मुगुमा पहिलो पटक एसईई र प्लस टु पास गरेका विद्यार्थीका लागि न्यायिक प्रशिक्षण सञ्चालन गरिएको छ ।

Advertisement

‘हाम्रो समस्या हाम्रै समाधान’ भन्ने मूल नारासहित सोरु गाउँपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्चको प्राविधिक सहयोगमा शनिबारदेखि सुरु भएको प्रशिक्षणमा पालिकाका १ देखि ११ वडाका ३० जना विद्यार्थीका लागि ८ दिने न्यायिक प्रशिक्षण प्रारम्भ गरिएको छ ।

उक्त प्रशिक्षणमा मुख्य प्रशिक्षक लुम्बिनी प्रदेश नेपालगन्ज उच्च अदालतका न्यायधीश वामदेव ज्ञवाली र कानुन व्यवसायी शारदा अधिकारी छन् । प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा मुगु जिल्ला अदालतका न्यायधीश दिलकुमार बर्देवाले अदालतको न्यायभन्दा गाउँतिरको मेलमिलाप दिगो हुने बताए ।

गत २ फागुनमा  न्यायिक समितिको बैठक बसेर सूचना जारी गरी वडा तहबाट न्यायिक समितिका सहकर्ता छनोट गरिएको न्यायिक समितिका संयोजक एवं पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । उनका अनुसार सूचना जारी गर्दा ६५ जनाको दरखास्त परेको र अन्तिममा ३० जना छनोट गरी न्यायिक प्रशिक्षणमा सहभागी गरिएको हो । 

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल