Sep 24, 2023
माघ १,
ग्लोबल आवाज
बुटवल । नेपाल टेलिभिजनको प्रस्तुुती र कि एडभरटाइजिङ्गको व्यवस्थापनमा सञ्चालित गायन प्रतियोगिता ‘नेपाल स्टार’को अडिशन जारी छ । सातै प्रदेशबाट गायन प्रतिभाको खोजी गर्ने अभियान अन्तर्गत प्रतियोगिताको लागि हालसम्म चार प्रदेशका चार शहरमा अडिशन सम्पन्न भएको छ । हामी नेपाली, हाम्रो आवाज’ नारासहित वाइवाइ नेपाल स्टारको अडिशन बुटवल लगाएत धनगढी, सुर्खेत र पोखरामा सम्पन्न भएको छ भने आगामी अडिशन माघ ३ गते चितवनमा हुँदैछ ।
पुस १९ गते शनिबार बुटवल स्थित कालिकामानव ज्ञान माविको प्राङ्गणबाट सुरु भएको अडिशनको चरणमा प्रतियोगिताका निर्णायक गायक रामकृष्ण ढकाल, संगितकार आलोकश्री लगाएतको सहभागिता रहेको छ । १६ देखि ४५ उमेर समूूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुुल्ने परिचयपत्र सहित दुुई ओटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापक कि एडभरटाइजिङका निर्देश दिनेश पोखरेलले जानकारी दिए । देशभरबाट गायन प्रतिभा छनौट गरी प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गरिएको एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल(शशी)ले बताए ।
करिब ६ महिनासम्म प्रतियोगिताको अडिशन अब क्रमशः चितवन, बर्दिवास र इटहरीमा हुनेछ । नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु.३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । हालसम्म सम्पन्न भएका अडिशनमा उत्साहजनक सहभागितासँगै प्रतिभाशाली प्रतियोगीहरु छनौट भएका कि एडभरटाइजिङका बजार व्वस्थापक दिनेश पोखरेलले बताए ।
प्रतिकृया दिनुहोस्