१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । नेपाल प्रेस यूनीयन रुपन्देहीको अध्यक्षमा पत्रकार कविन्द्र नेपाल निर्वाचित भएका छन् । यूनीयनको शुक्रबार सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई चयन गरेको छ ।  यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, भुवन जिसी सह-कोषाध्यक्ष चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा ललित पान्डे, माधव पौडेल, तिर्सना पन्थी, सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता,  राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पान्डे, ललिता घिमिरे, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञान कुमारी विक निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष रेखा भुसालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

शुक्रबार सम्पन्न अधिवेशनको उद्घाटन समारोमा विभिन्न शिर्षकका पुरस्कारले अग्रजहरुलाई सम्मान गरिएको थियो । जिपी कोइराला स्मृती पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महासंघ रुपन्देहीमा अध्यक्ष तथा प्रेस यूनीयन रुपन्देहीका पूर्व सभापती रामराजा पोखरेललाई सम्मान गरिएको छ । यसैगरी वर्ष २०७९ लागि सोही शिर्षकको पुरस्कार पत्रकार भवानी प्रसाद पाण्डेले प्राप्त गरेका छन् । उक्त पुरस्कार २५ हजार राशीको रहेको छ । यसैगरी टोप शुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट नगद २० हजार राशीसहित पत्रकार माधव नेपाल सम्मानित भएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी