६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

नेपाल बहुजाती,बहुुभाषिक, बहुधार्मिक , बहुसांस्कृतिक मुलुक हो । यहाँ धेरै प्रकारका धर्मावलम्बीहरु हुनाले धेरै पर्वहरु मनाउन गरिन्छ । विशेषगरी हिन्दुहरुको बाहुल्यता रहेको हुनाले हिन्दुु धर्मका धेरै पर्वहरु मनाउने गरिन्छ। यस्तै पर्वहरु मध्ये माघ १ गते मनाइने माघे संक्रान्ति पर्व एक हो । माघे संक्रान्तिलाई नेपालमा विशेष पर्वको रुपमा मनाइने गरिन्छ । यो दिन खिचडी खाने पर्वको रुपमा समेत मनाउने गर्दछन् । यो पर्वमा खिचडी घिउ, चाकु, तिलको परिकार, तरुल खाने चलन छ । यो खानाले त्रिदोष नाश हुने शास्त्रमा उल्लेख छ । हरेक चाडपर्वको आ–आफ्नै महत्व रहेको छ । धार्मिक आस्थासँग जोडेर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ । माघेसक्रान्तीको अवसरमा देशका विभिन्न स्थानमा स्नान गर्ने तथा मेला लाग्ने विशेष कार्यक्रम हुने गर्दछन् । गुल्मीको रिडीमा पनि ठूलो मेला लाग्ने गर्दछ । गुल्मीकै प्रवेशद्वारमा रहेको रुरु क्षेत्र जुन धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय महत्वले भरिपूर्ण गुल्मी जिल्ला धार्मिक ऐतिहासिक पर्यटकीय क्षेत्रले धनि जिल्ला हो । गुल्मी सदरमुकाम तम्घासबाट ४५ किलोमिटर र बुटवलबाट ७० किलो मिटरको पक्की बाटो भएर रुरुक्षेत्र रिडीमा पुग्न सकिन्छ ।

Advertisement

गुल्मीको सिमाना र अन्य जिल्लाबाट आउनेहरुको प्रवेशद्वारका रुपमा रुरु रिडी पर्दछ । यसको नामांकन कसरी भयो भन्ने बारेमा व्यक्तिअनुसार केही मतभेद रहेको पाइएको छ । रुरु नामको मृगले देवदत्त ऋषिको पुत्रीलाई स्तनपान गराई हुर्काएको कारणले तिनलाई रुरुकन्या भनिएको हो र तिनै कन्याले यहाँ कठोर तपस्या गरेकी हुनाले यस ठाउँको नाम उनै कन्याको नामबाट रहन गएको मान्यता छ । जसलाई रुरुक्षेत्र भनिन्छ । रुरुक्षेत्रलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ । ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो । जसमा ‘री’को अर्थ धमिलो र ‘डी’ को अर्थ पानी भन्ने हुन्छ । अर्थात धमिलो पानी बग्ने क्षेत्र भएकाले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क रहि आएको छ । तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीको महत्व र चर्चा परिचर्चा धेरै छ । गुल्मीतर्फ रुरु गाउँपालिका वडा नम्बर १, स्याङजातर्फ कालिगण्डकी गाउँपालिका वडा नम्बर १ र पाल्पा तर्फ तानसेन नगरपालिका वडा नम्बर १४ मा रुरु क्षेत्र पर्दछ । रुरु क्षेत्रमा गुल्मी तर्फ एक दर्जन बढी मन्दिरहरु छन् । रुरु कन्या मन्दिर,देवदत्त पार्क,बिष्णु मन्दिर,भिमसेन मन्दिर,दुर्गा मन्दिर, शिवालय मन्दिर,कृष्ण मन्दिर, भैरव मन्दिर, गोलभूते गुफा,अचम्मेश्वर जस्ता मन्दिर गुफाहरु पर्दछन् । जहाँ विभिन्न समयमा मेला लाग्नुका साथै पूजा हुने गर्दछ ।

मन्दिरहरुसँगै २ वटा आश्रम रहेका छन् । जहाँ करिव ४० जना जति बृद्धाहरु बस्ने गर्दछन् । स्याङजातर्फ हनुमान थान, भृगुतुङ्गेश्वर जस्ता मन्दिरहरु छन् । जहाँ विभिन्न समयमा पूजा हुने गर्दछ । पाल्पा तर्फ ऋृषिकेश मन्दिर,शिवालय,पुरानो पाटी जस्ता मन्दिरहरु रहेका छन् । रुरु क्षेत्रको ऋृषिकेश मन्दिरमा नेपालकै सबैभन्दा ठूूलो भगवानको मूर्ति पनि रहेको छ । मन्दिरसँगै एउटा आश्रम पनि रहेको छ, जुन पाचँ सय वर्ष पुरानो हो । जहाँ बृद्धहरु बस्ने गर्दछन् । हाल पनि करिव १५ जना बृद्धाहरु आश्रममा बस्दै आएका छन् । पाल्पातर्फ पर्ने मन्दिरमा पशु वलि दिइँदैन । जहाँ नरिवल मात्रै चढाउने गरिन्छ । रुरु क्षेत्रमा संस्कृत पढाउने पाठशाला रहेको छ । यसले पनि हाम्रो भाषा संस्कृतिलाई जोगाउन र बाचर्य राख्न मद्दत गरेको छ । पाल्पातर्फ रहेको ऋृषिकेश मन्दिरमा गायत्री गुरुकुल रहेको छ । त्यहाँ कर्मकाण्डसँगै शास्त्रीसम्मको अध्ययन गराउदै आएको छ । संस्कृत अध्ययनका लागि गुल्मीसँगै बिभिन्न स्थानबाट आउने गर्दछन् । रुरु क्षेत्र धार्मिकताको एउटा पाटोको रुपमा उभिएको छ । जुन स्थानबाट अध्ययन अध्यापन गराउनुले यसक्षेत्रको महत्व बढ्दै आएको छ ।

रुरु क्षेत्र कालिगण्डकी र रिडी खोलाको संगम स्थलमा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, लगायत नेपालका बिभिन्न स्थानबाट शब ल्याउने गर्दछन् । मृत्युपछि पार्थिव शरिरलाई अन्त्येष्टि गर्न विभिन्न स्थानबाट ल्याउने गर्दछन् । जुन स्थानमा अन्त्येष्टी गर्नाले स्वर्गमा बास हुन्छ भन्ने मान्यता रहि आएको छ । रुरु क्षेत्र रिडी भएर बग्ने कालिगण्डकी नदिको एउटा महत्व रहीआएको छ । यो नदी मुक्तिनाथ क्षेत्रबाट बग्दै रुद्रावति गंगा मिस्सिएर रुरु क्षेत्रमा आएर रिडी नदि समेत मिसिएको छ ।कालिगण्डकी नदी शालिग्रामसँगै यसको महत्व बिभिन्न धर्म शास्त्रमा रहि आएको छ । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक एबं पर्यटकीय महत्वले गुल्मी जिल्ला परिचित छ । गुल्मी जिल्लाको पर्यटन क्षेत्रलाई अगाडी ल्याउन रुरु क्षेत्रले एउटा महत्वपूर्ण हिस्सा ओगटेको छ । सरकारले पनि गुल्मी जिल्लामा रहेका रुरु रेसुङ्गालाई एकै पटक विकास गर्नका लागि रुरु रेसुङ्गा क्षेत्र पर्यटन विकास समिति नै गठन गरेर धेरै विकासका कामहरु र यसको महत्वलाई अगाडी ल्याउन विशेष भूमिका खेलेको छ । यो सँगै स्थानीय तह,क्लब,विभिन्न संघसस्था, आमा समुहले पनि केही हदसम्म भूमिका खेलेको छ ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण मानिने रुरुक्षेत्रको महत्व र विकासका कुरा गर्ने हो भने धेरै लामो इतिहास छ । विभिन्न धर्मशास्त्रमा रुरु क्षेत्रको ठूलो महत्व रहिआएको उल्लेख छ । यसक्षेत्रमा धेरै ऋृषि महर्षिहरुले तपस्या साथै अवलोकन गरेको जस्ता महत्वपूर्ण भनाइहरु रहिआएका छन् । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी यसको महत्व र ऐतिहासिक पृष्ठभूमिको निकै महत्व छ । रिडीमा मुख्य गरी माघेसक्रान्तीमा ठूलो मेला लाग्ने गर्दछ । त्यस बाहेक कार्तिकको ठूली एकादशी ,वैसाखे संक्रान्ति लगाएतका पर्वहरुमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ । माघे सक्रान्तिको पहिलो दिन १ गतेलाई जेठी सक्रान्ति, २ गतेलाई माइली सक्रान्ति र तेश्रो दिनलाई कान्छी सक्रान्ति भन्ने गरेको स्थानीय बताउँछन् । भगवान बिष्णुको प्रतीक मानिने शालिग्राम पनि कालिगण्डकी किनार रिडीमा पाइन्छ । त्यसैले यस क्षेत्रको महत्व पनि धेरैे छ । माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मनोकांक्ष पुरा हुने विश्वास छ । हिन्दु धर्ममा विश्वास राख्नेहरु रिडीमा जमघट हुने गर्दछन् ।

गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, बाग्लुङ लगायत नेपालका विभिन्न स्थानबाट रुरु रिडीमा नुहाउन तथा अबलोकन गर्न आउने गर्दछन् । चार धाम मध्येको एक धाम प्रसिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेलामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भिड लाग्दछ । रुरु रिडी क्षेत्र कालिगण्डकी र रिडी नदिको संगम स्थल हो । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सोही अवसरमा श्रद्धालुहरुको भिड लाग्ने गर्दछ । माघेसक्रान्तीमा रिडीमा आफ्ना पितृहरुलाई पिण्ड दिनेहरुको अत्याधिक भिड लाग्ने गर्दछ । रुरु क्षेत्र रिडीमा आफ्ना पितृहरुलाई सम्झेर तिथी श्राद्ध गर्नाले काशी–गया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । जसका कारण यस क्षेत्रको महिमा नेपालवाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यस क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्म चल्ने गर्दछ । मेलामा घरेलु सामग्री, कृषि उपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ । माघे संक्रान्तिको अवसर पारेर पाँचदिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामाग्रीहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु बिभिन्न ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेला भर्न प्रत्येक वर्ष रुकुम ,रोल्पा,जुम्ला र सल्यानबाट राडिपाखी को ब्यापार गर्न हिड्दै आउने गर्दछन् । रुकुम रोल्पाबाट ल्याएका राडिपाखी बेचेको पैसाले रिडीबाट अन्य सामाग्री किनेर लैजाने गर्दछन् । हातले बुनेका राडिपाखी बाँस तथा निगालोबाट बनेका सामाग्रीहरु र गुल्मीमा उत्पादन हुने बिभिन्न कृषिजन्य सामाग्रीहरु माघे सक्रान्तिमा पाउनुले यस क्षेत्रमा लाग्ने मेलाको अर्को महत्व दर्शाएको छ ।

माघे सक्रान्ति मेला सक्रान्तिदेखि तीनदिनसम्म सञ्चालन हुने भएपनि पछिल्ला वर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । मेला अवधीभर लामा–चौपारीको बिष्णु मन्दिर, ऋषकेश मन्दिर,भृगुतुमेश्वर महादेवको दर्शन गर्ने गर्दछन् । यस धार्मिक,ऐतिहासिक,पर्यटकीय रुरु क्षेत्रको संरक्षण प्रवद्र्धनमा विभिन्न निकायले पहल गरेमा यो क्षेत्र पर्यटकीय गन्तब्यको रुपमा देश–विदेशमा प्रख्यात हुनेछ । र,स्वदेशी तथा विदेशी पर्यटकले यस क्षेत्रको गरिमा र महत्वलाई प्रवद्र्धन गरी समग्र पर्यटनलाई नै टेवा पुुग्नसक्छ । जसले गर्दा यहाँको र जनताको विकासमा दरिलो आधार बन्नेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य