१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौ । साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ। 

Advertisement

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ। यता सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निमार्ण तथा प्रशोधनमा वृद्धि भएको छ । 

आजको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत,  कालिनचोक दर्शन, सिभिल लघुवित्त वित्तिय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ। 
 

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने